FLASH NEWS

धार्केमा १ दिने निशूल्क स्वास्थ्य शिविर सम्पन्न,३ सय भन्दा बढिले लिए स्वास्थ्य लाभ

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८१ अषाढ १७, सोमबार (४ महिना अघि)
  • १६४

    Shares

धार्केमा १ दिने निशूल्क स्वास्थ्य शिविर सम्पन्न,३ सय भन्दा बढिले लिए स्वास्थ्य लाभ

१७ असार,धुनिबेशि:  धादिङको धुनिबेशि ६ धार्केमा १ दिने निशूल्क स्वास्थ्य शिविरमा सम्पन्न भएको छ । साईबाबा सामुदायिक अस्पताल धार्केको प्राङ्गणमा सोमबार भएको शिविरमा ३ सय भन्दा बढिले स्वास्थ्यलाभ लिइएका छन्।

धुनिवेशि नगरपालिका वडा नं ६, ओम साईबाबा सामुदायिक हस्पिटल काठामाँडौ ,साईबाबा सामुदायिक अस्पताल धार्के,नोवस प्याथ ल्याव एण्ड डाईग्नोस्टिक सेन्टर कलंकी र लायन्स क्लव अफ काठमाँडौद्धारा आयोजीत शिविरमा हाड , जोर्नी तथा नसा सम्बन्धि दुखाई, रगतमा सुगर ,मधुमेह तथा पिसावको परिक्षण ,जनरल उपचार सेवा ,विशेषज्ञ डाक्टरहरुद्धारा निशूल्क दन्त परिक्षण तथा सेवाको साथै दाँत निकाल्ने तथा दाँत सफा गर्ने,नाक , कान ,घाँटी सम्बन्धि उपचार , मुटु तथा किड्नी सम्बन्धि सेवा दिइएको आयोजकले जनाएको छ।

शिविरमा विशेषज्ञ डाक्टरहरु डा. निरज के . सी , डा. भेषराज पोखरेल , डा विनिध्या श्रेष्ठ र डा.अविनास अधिकारीद्धारा सेवा प्रदान गरिएको साईबाबा सामुदायिक अस्पताल धार्केका प्रमुख दयाराम कार्कीले टोलटोलको खबरलाई जानकारी दिनुभयो।
तेस्तै उहाले शिविर समापन कार्यक्रममा बोल्दै यो भन्दा अघि धेरै ठाउमा यस्ता शिविर संचालन गरिसकेको र अझै आफुले सक्दो र आफु रहुञ्जेल यस्ता कार्यक्रम हरु गर्ने , सधै समाज सेवामा लाग्ने , धुनिबेशी भित्रका ९ वटै वडामा यस्तै शिविर संचालन गर्ने बताउदै कार्यक्रममा साथ दिनुहुने सम्पूर्णलाइ धन्यवाद समेत दिनु भयो।

यस्तै कार्यक्रममा धुनिबेशी नगरपालिकाका प्रवक्ता तथा धुनिबेशी ६ का वडा अध्यक्ष रमेश आचार्यले यस शिविरले धेरै नागरिकहरुलाई स्वास्थ्य लाभ दिइएको भन्दै नगरपालिका सधै स्वास्थ्य क्षेत्रमा हातेमालो गर्दै अगाडि बढ्ने बताउनु भयो।
कार्यक्रममा समाजसेवी दिपक लामिछाने ( सुबोद ), सामाजिक अभियन्ता आसिका तामाङ ,ओम साईबाबा सामुदायिक हस्पिटल काठामाँडौ ,साईबाबा सामुदायिक अस्पताल धार्के,नोवस प्याथ ल्याव एण्ड डाईग्नोस्टिक सेन्टर कलंकी र लायन्स क्लव अफ काठमाँडौका प्रमुख तथा बिभिन्न पधाधिकारीहरु , विद्यालयका प्रमुख तथा प्रतिनिधि लगायत स्थानीय हरुको सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस