FLASH NEWS

थाक्रे दशमा फाैजी किरा व्यबस्थापन गर्न नि: शुल्क बिषादी बितरण

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८१ अषाढ १५, शनिबार (४ महिना अघि)
  • १३५

    Shares

थाक्रे दशमा फाैजी किरा व्यबस्थापन गर्न नि: शुल्क बिषादी बितरण

१५ असार,थाक्रे:    थाक्रे१० का कृषकहरुको लागि फाैजी किरा व्यबस्थापन गर्न नि: शुल्क बिषादी बितरण गरिएको छ।
थाक्रे गाउँपालिका वडा नं १० का कृषकले लगाएकाे मकै खेतीमा अमेरिकन फाैजी किरा व्यापक देखिए पछि उक्त किरा व्यबस्थापनका लागि बाली संरक्षण प्रयाेगशाला हरिहरभवन ,ललितपुर काे सहयाेगमा थाक्रे गाउँपालिका वडा नं १० का तिन सय जना कृषकहरुलाई नि :शुल्क बिषादी वितरण गरिएकाे हो ।
प्रत्येक बर्ष मकै बालिमा क्षेति पुराउने फाैजी किराले यस क्षेत्रका कृषकहरुकाे मकै उत्पादनमा भारी गिरावट हुँदै आएकाे अवस्थामा बाली संरक्षण प्रयाेगशाला हरिहरभवन ललितपुर र व्यवसायिक कीट विकास फार्म, धुनिबेशी ,धादिङका कृषि अधिकृतकाे टाेलिले मकै बालीकाे स्थलगत निरिक्षण गरी कृषकहरुलाइ नि: शुल्क बिषादी वितरण गरिएकाे हाे।

त्याहाँका कृषकहरुकाे मुख्य खेती मकै भएकाे र किराकाे क्षति वाट मकै उत्पादनमा कमि हुने त्रासमा बसेका कृषकहरु कुन बिषादी हालेर किरा नियन्त्रण गर्न सकिन्छ हाेला भनेर अनभिज्ञ भै रहकाे अवस्थामा सिफारिस बिषादी गाउमै ल्याई उक्त बिषादी प्रयाेग गर्ने तरिका समेतकाे जानकारी दिई ईमामेक्टिन बेन्जाेईड नामकाे बिषादी निःशुल्क दिइएको कृषि अधिकृत राजेन्द्र रुपाखेतीले जानकारीले टोलटोलको खबर डटकम लाई जानकारी दिनुभयाे ।
उक्त क्षेत्रका कृषककाे मुख्य आम्दानीकाे श्राेत मकै भएकाे र किराकाे क्षति वाट मकै बालीलाई बचाउन सके कृषकलाई ठुलाे राहत हुने थाक्रे १० का वडा अध्यक्ष गाेकुल प्रसाद लामिछाने बताउनु भयाे।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस