२११
Shares१५ असार,२०८१ : धादिङको धुनिबेशि ६ धार्केमा १ दिने निशूल्क स्वास्थ्य शिविर हुने भएको छ । साईबाबा सामुदायिक अस्पताल प्राङ्गणमा यहि यहि असार १७ गते स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।
धुनिवेशि नगरपालिका वडा नं ६, ओम साईबाबा सामुदायिक हस्पिटल काठामाँडौ ,साईबाबा सामुदायिक अस्पताल धार्के,नोवस प्याथ ल्याव एण्ड डाईग्नोस्टिक सेन्टर कलंकी र लायन्स क्लव अफ काठमाँडौद्धारा आयोजीत शिविरमा हाड , जोर्नी तथा नसा सम्बन्धि दुखाईको उपचार , रगतमा सुगर मधुमेह तथा पिसावको परिक्षण ,जनरल उपचार सेवा ,विशेषज्ञ डाक्टरहरुद्धारा निशूल्क दन्त परिक्षण सेवा साथै दाँत निकाल्ने तथा दाँत सफा गर्ने,नाक , कान , घाँटी सम्बन्धि उपचार , मुटु तथा किड्नी सम्बन्धि उपचार हुने जनाईएको छ ।
शिविरमा विशेषज्ञ डाक्टरहरु डा. निरज के . सी , डा. भेषराज पोखरेल , डा विनिध्या श्रेष्ठ र डा.अविनास अधिकारीद्धारा विशेषज्ञ सेवा प्रदान हुने आयोजकले जनाएको छ ।