१४ असार ,धादिङ : राष्ट्रिय वृक्षारोपण दिवसको सन्दर्भमा वृक्षारोपण कार्यक्रमको अलावा हरित स्वयंसेवक, ससस्त्र प्रहरी बलको समन्वयमा शुक्रबार धादिङको सदरमुकाम धादिङ बेशि वरपरका स्थानबाट ४५० पिपल, वर र समिका बिरुवा उद्धार गरेर डिभिजन वनकार्यलयको नर्सरीमा पुनर्स्थापना गरिएको डिभिजन वन कार्यलयका प्रमुख बिष्णु प्रसाद आचार्यले टोलटोलको खबर लाई जानकारी दिनु भयो।