FLASH NEWS

सिड्स नेपाल धादिङको २९ औं वार्षिक साधारण सभा तथा ११औं सामाजिक लेखाजोखा कार्यक्र सम्पन्न

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० भाद्र ३०, शनिबार (१ साल अघि)
  • १०८

    Shares

सिड्स नेपाल धादिङको २९ औं वार्षिक साधारण सभा तथा ११औं सामाजिक लेखाजोखा कार्यक्र सम्पन्न

३० भाद्र ,थाक्रे ।   सिड्स नेपाल धादिङको २९ औं वार्षिक साधारण सभा तथा ११औं सामाजिक लेखा जोखा कार्यक्रम  भएको छ ।
शनिबार सस्थाको हलमा भएको २९ औं बार्षिक साधारण सभामा संस्थाका सचिव गंगा सुवेदीले संस्थाको परिवेश अवधारणा, सँस्थाको परिकल्पना, मुख्य रणनीतीहरु, संस्थाका कार्यक्षेत्र, संस्थाले लक्षित वर्गमा गरेको काम र मुल्य, मान्यता लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।


त्यस्तै कार्यक्रममा  सस्थाका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले संस्थाले विभिन्न साझेदारी संस्थाहरु सगं गरेका कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । सिड्स नेपालले दिगो विकास र सामुदायिक शान्तिका लागि साझेदारी सवलिकरण कार्यक्रम र विकासमा साझेदारी परियोजना सञ्चालन गर्दै आएको जानकारी गराउनु भएको छ ।
कार्यक्रममा संस्थाले आगामी दिनमा गर्ने काम र कार्य योजनाको बारेमा समेत कार्यकारी रुपाखेतीले जानकारी गराउनु भएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष रिता परियारले संस्थाको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा थाक्रे गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हिरा बहादुर थापा(राजेन्द्र) वडा नम्बर ७ का वडा अध्यक्ष युवराज खतिवडा,पृर्व वडा अध्यक्ष रवि प्रकाश ओझा,संस्थाका कार्यसमिति सदस्यहरु,साधारण सदस्यहरु लगायतको सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस