FLASH NEWS

प्याब्सन धादिङ द्वारा ब्लुमिङ लोटस स्कुलमा एकल गायन प्रतियोगिता सम्पन्न

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० भाद्र २९, शुक्रबार (१ साल अघि)
  • ४६५

    Shares

प्याब्सन धादिङ द्वारा  ब्लुमिङ लोटस स्कुलमा एकल गायन प्रतियोगिता सम्पन्न

२९ थाक्रे ,धादिङ।    थाक्रे ८ मा एकल गायन प्रतियोगिता भएको छ।

धादिङको थाक्रे गाउपालिका ८ धार्केमा रहेको ब्लुमिङ लोटस इङलिस माध्यमिक विद्यालयमा शुक्रबार एकल गायन प्रतियोगिता भएको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन धादिङको आयोजनामा एकल गायन प्रतियोगिता आयोजना गरिएको ब्लुमिङ लोटस इङलिस माध्यमिक विद्यालयका प्रध्यानाध्यापक सञ्जीव गजुरेलले बताउनु भयो । प्याब्सन धादिङमा आबद्ध रहेको १२ वटा विभिन्न विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले कार्यक्रममा सहभागीता जनाएका थिए।

कार्यक्रममा छात्र तर्फ एडभान्स एकेडेमीका विद्यार्थी प्रथम,द राईजिङ भिलेज एकेडेमीका विद्यार्थी द्धितिय,श्री बेनि सदनका विद्यार्थी तृतिय र सक्सेस एकेडेमीका विद्यार्थी सान्त्वना भएका हुन् ।

त्यसै गरी छात्रा तर्फ मुनाल एकेडेमीका विद्याथी प्रथम,धुनिबेशी आवसिय माविका विद्यार्थी द्धितिय, शान्ति दिप एकेडेमीका विद्यार्थी तृतिय र सक्सेस एकेडेमीका विद्यार्थी सान्त्वना भएका हुन् ।

थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको अध्यक्ष्यता तथा उपाध्यक्षा यन्त्र बहादुर थापाको बिशेस आथित्यता रहेको एकल गायन प्रतियोगितामा अन्तिम नतिजाका आधारमा मुनाल एकेडेमी प्रथम, द राईजिङ भिलेज एकेडेमी द्धितिय, एडभान्स एकेडेमी तृतिय र शान्ति दिप एकेडेमीले सान्त्वना स्थान हाँसिल गरेको हो ।
कार्यक्रममा ब्लुमिङ लोटस विद्यालयले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा तीज विशेष कार्यक्रम समेत गरेको थियो ।

कार्यक्रममा थाक्रे गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, प्याब्सन धादिङमा आबद्ध रहेका विद्यालयका प्रमुख तथा प्रतिनिधि शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस