२५३
Shares२९ भाद्र, धादिङ। २९ भाद्र धादिङ। ” बालबालिकामा लगानी सुनिस्चित भविष्यको थालनी ” भन्ने नाराको साथमा ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा सहारा महिला बचत तथा ॠण सहकारी संस्था लि निलकण्ठ ३ धादिङ र फोकस नेपाल धादिङको संयुक्त आयोजनामा ” आजको आवश्यकता सहकारीमा युवा सहभागिता र सुरक्षा ” बिषयक निबन्ध प्रतियोगिता भएको छ ।
सहारा महिला बचत तथा ॠण सहकारी संस्था लि. र फोकस नेपाल धादिङको कार्यक्षेत्र भित्र रहेका ५ वटा सामुदायिक बिद्यालयको माध्यमिक तहका १० जना छात्र र छात्राको सहभागिता रहेको थियो ।
प्रतियोगितामा गैरिगाउँ मा बि का सृष्टि मल्ल ठकुरी प्रथम , लामागुरु मा बि का सुस्मा गुरुङ द्वितीय , गैरिगाउँ मा बि का राजन नेपाली तृतीय र निलकण्ठ मा बि का अनुष्का अधिकारी सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम ,द्वितीय , तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई क्रमशः २५ सय , २ हजार , १५ सय र १२ सय पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङको अध्यक्ष राजाराम शर्मा, फोकस नेपालका खिल कुमारी तिवारी र सहारा महिला साकोसको अध्यक्ष पार्वती राई खाँणको उपस्थिति रहेको संस्थाका शिक्षा उपसमितिका संयोजक गायत्री खतिवडाले टोल टोलको खबर डट कम लाइ जानकारी दिनुभयो ।