२५०
Shares१५भाद्र ,थाक्रे । धादिङको थाक्रे गाउपालिका ६ महादेवबेशीमा रहेको जनजागृति माध्यमिक विद्यालयले शुक्रबार २३ औं बार्षिक उत्सव तथा २४ औँ स्थापना दिवस मनाएको छ ।
दिवसको अवसरमा विद्यालयले आ.व. २०७९÷२०८०को सामाजिक परीक्षण तथा अभिभावक भेला समेत गरेको विद्यालयले जनाएको छ ।
उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लावण प्रसाद फूयालले विद्यालयको प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । वि.सं २०५७ साल भाद्र १५ गते देखी जिल्ला शिक्षा कार्यलयबाट कक्षा ३ सम्मको अनुमती प्राप्त गरी स्थापना भएकोे यस विद्यालयमा अहिले प्राविधिक धार सहित कक्षा १२ सम्म पढाई हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण रुपाखेतीले बताउनु भयो ।
महादेववेशी बजार क्षेत्रमा करिव २७ जिल्ला भन्दा बढि ठाउँका मजदुरहरु बसोबास गर्दै आएका छन् । यहाँ गरिवी द्धन्द पिडित तथा सामाजिक बिभेद लगायतका समस्याका कारण पछि परेका बालबालिकालाई लक्षित गरी विद्यालय स्थापना गरिएको अध्यक्ष रुपाखेतीको भनाई छ ।
विद्यालय स्थापना गर्न बाल बिकास समाजसँगको सहकार्य र सिड्स नेपाल धादिङ स्थानिय नागरिक,समाजसेवी शिक्षाप्रमी , लगायतको सहयोग र समर्थनले विद्यालय स्थापन भएको प्रधानाध्ययापक लावण फुयालले बताउनु भयो । “सीप, सर्टिफिकेट र रोजगारीतर्फ हाम्रो ध्यान दक्ष जनशक्ति उत्पादन, सम्बृद्धिको अभियान, जनजग्रितिको मुल पहिचान” भन्ने नाराका साथ जनताहरुकै जागरण र अगुवाईमा स्थापना भएकाले बिद्यालयको नाम जनजागृति राखिएको प्रधानाध्यपक फूयालको भनाई छ । कार्यक्रममा विद्यालयले विभिन्न सास्कृतिक कार्यक्रम सहित अन्य विभिन्न विधामा शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान समेत गरेको छ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गोकर्ण रुपाखेतीको अध्यक्षता रहेको कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने उपाध्यक्ष तथा जग्गादाता यन्त्र बहादुर थापा र सल्लाहकार समिति संयोजक नेत्रराज पौडेलको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एबम थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले विद्यालयको २३ औं बार्षिक उत्सव तथा २४ औँ स्थापना दिवसको अवसरमा शुभकामना दिनु हुदै पालिकाले शिक्षा क्षेत्रमा राम्रो लगानी गरेको बताउनु भयो।
कार्यक्रमा थाक्रे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बराल, शिक्ष अधिकृत दुर्गादेवी खड्का लगायत बिभिन्न वडाका वडा अध्यक्षहरु, शिक्षक, शिक्षिका,कर्मचारी, विद्यार्थी,अभिभावक लगायतको उपस्थिति रहेको थियो।