FLASH NEWS

धादिङसहित देश भर आज लाखे जात्रा मनाइदै

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० भाद्र १४, बिहिबार (१ साल अघि)
  • १५४

    Shares

धादिङसहित देश भर आज लाखे जात्रा मनाइदै

१४ भाद्र, २०८०।     धादिङसहित देश भर आज लाखे जात्रा मनाइदै छ । जिल्लाको सदरमुकाम धादिङबेशीमा लाखे जात्रा सुरु भएको छ । जात्रा भदौ १४ गते विहिबार बिहान देखि शुरु हुने झिंगु नेवा समाज धादिङले जानकारी दिएको हो ।

लाखे जात्रा नेवार समुदायको मौलिक जात्रा हो । यस पर्वलाई जोगाई राख्न विगत वर्षहरुमा पञ्चेबाजा बजाएर पनि मनाइने गरिन्थ्यो । हाल हाम्रो संस्कृति, परम्परा र पहिचानलाई मध्य नजर गर्दै नेवार समुदायको आफ्नै बाजा बजाई परम्परागत शैलीमा लाखे जात्राको सुरुवात गरिने झिंगु नेवा समाज धादिङका महासचिव राजकुमार श्रेष्ठले बताउनुभयो । विहिबार विहान साढे सात बजे बिचबजार चोकस्थित गणेश मन्दिरमा लाखेको विधिवत पुजा गरी जात्राको शुभारम्भ गरिने उहाँले जानकारी दिनुभयो ।

‘गाइजात्राको अवसरमा मृत्यु भएका १० जना नेवार समुदायका मृतकको फोटो सहित गाइ निकालिने र लाखे जात्रा गरिनेछ ।’ १५ गते खेत रोपाइ अभिनय गर्दै लाखेसहित बजार परिक्रमा, भदौ २१ गते श्री कृष्णको रथ यात्रासहित लाखे जात्रा, असोज १ गते हरितालिका तिजको अवसरमा विच बजारमा लाखे नाँच नचाइने र असोज २ गते लाखे जात्रा विधिवत रुपमा समापन गरी लाखे जात्रा मनाइने उहाँले जानकारी दिनुभयो ।

नेवार समुदायको जात्रा भएपनि जात्रामा सबैलाई उपस्थित भइदिन झिंगु नेवा समाज धादिङका अध्यक्ष गोविन्द कुमार श्रेष्ठले आग्रह गर्नुभयो । यो जात्रा राष्ट्रिय जात्रा हो । कला, संस्कृति तथा परम्परा जोगाइराख्न मनाउने गरिएको जात्रामा सबै जातजाति, समुदाय यो जात्रामा उपस्थित भइदिन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस