२२५
Shares१३ भाद्र , थाक्रे । थाक्रे गाउँपालिकाले सार्वजनिक सुनुवाई गरेको छ । बुधबार पालिकाको नवनिर्मित भावनामा गाउँपालिका अन्तर्गत भएका कामकारबाही र सेवा प्रवाहका गतिविधिहरुको सार्वजनिक गरेको हो ।
सार्जजनिक सुनुवाई कार्यक्रममा पालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष यन्त्र बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बरालले उठेका सवाल र जिज्ञासाको जवाफ दिनु भएको थियो । सहभागीहरुले सडक, शिक्षा, स्वास्थ्य, शुषासन लगायतको बारेमा प्रश्न र जिज्ञासा उठाएका थिए
।
उठेका जिज्ञासा र प्रश्नहरुको जवाफ दिदै जवाफदेही बक्ताले गाउँपालिकाबाट प्रवाह भएको सेवाको बारेमा समस्या, गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न पनि आग्रह गरे ।
पालिकाका अध्यक्ष रामकुमार आचार्यले उठेका सवाल र जिज्ञासाको जवाफ दिनुहुहै आफ्नो पालिका भित्र रहेको जानकारीहरु सोध्न सार्वजनिक सुनुवाईमा मात्र नभई अरु समयमा पनि निर्धक्क भएर सोध्न आग्रह गर्नु भयो।