FLASH NEWS

एमालेले ८४ मा एकल बहुमत ल्याउँछ : ओली

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८० भाद्र ११, सोमबार (१ साल अघि)
  • १६३

    Shares

एमालेले ८४ मा एकल बहुमत ल्याउँछ : ओली

११ भाद्र, २०८०।    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वि.सं.२०८४ को चुनावमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गर्नु भएको छ ।

आज काठमाडौंमा आयोजित ‘जनप्रतिनिधिसँग केपी ओली’ कार्यक्रममा बोल्दै उहाले यस्तो दाबी गर्नु भएको हो ।

‘म खुला घोषणा गर्न चाहन्छु, सबै विरोधीले सुनिराखुन्। एमालेले ८४ मा एकल बहुमत ल्याउँछ।’ ओलीले भन्नु भयो , ‘झुक्याएर होइन, अल्मल्याएर होइन, कसैसँग मिलेर पनि होइन, लोभ र पाप बाँडेर होइन, देशको सुन्दर भविष्यको उज्ज्वल सपना र संकल्प बाँडेर अघि बढ्छौं।’

उहाले आफू मर्न नमानेर बसेको मान्छे भन्दै समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य साकार गराएरै छाड्ने र त्यसका लागि एमालेको एकल बहुमत आवश्यक रहेको बताउनु भयो ।

‘म मर्न नमानेर बसेको मान्छे हुँ। दुई पटक किड्नी ट्रान्सप्लन्ट भयो। कयौं अप्रेशनहरू भए। कहिले हात सुनिएर बाँधेर हिँडेको पनि देख्नुभयो। मेनेन्जाइटिस् पनि भयो।’ गठबन्धन दलका नेताहरूलाई लक्षित गर्दै ओलीले भन्नु भयो , ‘अब मलाई समय नहुँदै मर्न मन छैन र यिनीहरुलाई नपछारी आफू हार्न पनि मन छैन।’

उहाले अबको निर्वाचनमा काठमाडौं जिल्ला एमालेको किल्ला बनाउने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनु भयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस