FLASH NEWS

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्ने

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० भाद्र ११, सोमबार (१ साल अघि)
  • १४०

    Shares

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्ने

११ भाद्र ,२०८०।  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ।

निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको हो।

भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रबक्ता रमेश पौडेलले बताउनु भयो ।

उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौँमा अवतरण गर्नेछ । तत्पश्चात् ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै ‘कनेक्टिङ’ उडानमा चढ्ने बताइएको छ ।

यात्रुको सुविधाका लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

यात्रुले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी अनलाइन टिकट लिन सक्ने बेबस्था पनि गरेको छ ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस