१५७
Shares९ भाद्र , २०८०। चितवनको नाग्दी खोला नजिकै पहिरोका कारण बन्द भएको पृथ्वीराजमार्ग खुलेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै हिजो बेलुका खसेको पहिरो हटाएपछि गएराति नै सडक दुईतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
हिजो बेलुका करिब पौने ७ बजेतिर खसेको पहिरोले पृथ्वी राजमार्ग दुईतर्फी नै बन्द भएको थियो । पहिरोका कारण काठमाण्डौ आउने गाडी मुग्लिन र काठमाण्डौबाट छुटेका गाडी कुरिनटारमा रोकिएका थिए । सडक खुलेपछि रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । गाडीको आवतजावत सामान्य भएको छ ।