FLASH NEWS

डेंगु संक्रमणबाट १२ जनाको मृत्यु, आँखा पाक्ने समस्या देखिए नआत्तिन आग्रह

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० भाद्र ३, आईतबार (१ साल अघि)
  • १५३

    Shares

डेंगु संक्रमणबाट १२ जनाको मृत्यु, आँखा पाक्ने समस्या देखिए नआत्तिन आग्रह

३ भाद्र ,२०८० ।   डेंगी नियन्त्रणका लागि सरकारले लार्भा खोज र नष्ट गर अभियानलाई तीब्रता दिएपनि हालसम्म १२ जना संक्रमितको मृत्यु भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्षको हालसम्म १२ डेंगी संक्रमितको मृत्यु भएको हो ।
जम्मा संक्रमित संख्यापनि प्रतिदिन एक हजारका दरले उकालो लाग्दै १६ हजार २६७ जना पुगेको छ । ७५ जिल्लामा फैलिएको संक्रमणले सबैभन्दा बढी सुनसरीमा ८ हजार ४ सय ५२ जनामा पुष्टि भएको छ ।
दोस्रो जिल्लामा रहेको मोरङमा १८ सय ७७ जनालाई बिरामी पार्दा राजधानीसँग जोडिएको धादिङमा १७ सय ५७ जनामा डेंगु पुष्टि भएको महाशाखाले जनाएको छ । साथै, झापा, काठमाडौं, धनकुटा, कास्की, दार्चुला, संखुवासभा र तनहुँमा संक्रमण उच्च रहेको १० जिल्लामा परेका छन् ।
डेंगु सँगै देशभर फैलिएको आँखा पाक्ने समस्या अर्थात भाइरल कन्जंक्टिभाइटिस रोग अझै नियन्त्रणमा आउन सकेको छैन ।
साउन तेस्रो सातादेखि फैलिएको आइ फ्लु अझै दुइ सातासम्म रहनसक्ने चिकित्सकहरुले बताएका छन् ।
स्वास्थ्य तथा जनंख्या मन्त्रालयले यो अति संक्रामक रोग भएकाले विद्यालय, बजार, सार्वजनिक यातायात जस्ता भिडभाड हुने स्थानमा उच्च सतर्कता अपनाउन भनेको छ । मन्त्रालयले आँखा पाक्ने रोग लागेमा नआत्तिन र स्वास्थ्यकर्मीको सल्लाह अनुसार मात्र औषधी प्रयोग गर्न अनुरोध गरेको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस