FLASH NEWS

पूर्वी पाकिस्तान जरानवालामा गिर्जाघर आगजनीको घटनामा सय भन्दा बढी पक्राउ

  • टोलटोलको खबर
  • अन्तराष्ट्रिय
  • प्रकाशित मिति:
  • २०८० श्रावण ३२, बिहिबार (१ साल अघि)
  • २३५

    Shares

पूर्वी पाकिस्तान जरानवालामा गिर्जाघर आगजनीको घटनामा सय भन्दा बढी पक्राउ

३२ साउन,२०८० ।    पूर्वी पाकिस्तान जरानवालामा गिर्जाघर आगजनीको घटनामा सय भन्दा बढी पक्राउ परेका छन् । पाकिस्तानी प्रहरीले चर्च आक्रमणको अनुसन्धानको प्रारम्भिक चरणमा १४६ जनालाई पक्राउ गरेको अलजजिराले उल्लेख गरेको छ । हिंसा थप भड्किनसक्ने जोखिमका कारण जरानवालासमेत फैसलवाद जिल्लामा एक साताको लागि सार्वजनिक प्रतिबन्ध लगाईएको छ ।

सो क्षेत्रमा सरकारले आयोजना गर्ने कार्यक्रम बाहेक सबै प्रकारका भेला हुन निषेध गरेको हो । साथै ६ हजार प्रहरीसहित अर्थसैनिक बलहरुसमेत तैनाथ गरिएको छ । दुइ क्रिस्चियन पुरुसले कुरानको पाना च्यातेको दाबी गरेपछि हिंसा भड्किएको जरानवालामा हजारौं मुस्लिमहरुले हिजो ५ गिर्जा घरमा आगजनी तथा सयौं घरमा तोडफोड गरिएको थियो । सहरको अवस्था तनावपुर्ण बनेपछि आगजनी भएकामध्ये एक ऐतिहासिक साल्भेसन आर्मी चर्चको भग्नावशेषलाई काँडेतारले घेरिएको बीबीसीले जनाएको छ ।

मुस्लिम धर्मावलम्बीहरुले जरानवालामा क्रिस्चियन समुदायका घर, व्यवसाय र चिहानलाई निशाना बनाएका छन् । पाकिस्तानी कार्यबाहक प्रधानमन्त्री अनवर उल हक कक्कडले हिंसाका लागि जिम्मेवार व्यक्तिलाई छिटो कारबाही गर्न आह्वान गर्नुभएको छ । पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले चारदिन भित्र जलाईएका चर्च र घरहरु पुनस्थापना गर्ने बाचा गर्नुभएको छ । पञ्जाव सरकारले कार्यवाहक प्रधानमन्त्री कक्कडको निर्देशन अनुसार घटनाको छानबिन समिति गठन गर्नपनि आदेश दिएको छ ।

इस्लामको पवित्र ग्रन्थ कुरानलाई क्षति पु¥याएको अभियोग लागेका दुइ व्यक्तिलाई पाकिस्तानमा मृत्युदण्डको सजाय हुने इश्लानिन्दाको आरोप लागेपनि पक्राउ गरिएको छैन । यद्यपी पाकिस्तानमा अहिलेसम्म निन्दाको लागि कसैलाई मृत्युदण्ड नदिइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानले सन् १९८० मा इस्लामको अपमानको लागि मृत्युदण्डसहित कडा दण्डको व्यवस्था ल्याएको थियो । पाकिस्तानको करिब ९६ प्रतिशत जनसंख्या मुस्लिम धर्मावलम्बी छन् ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस