१६७
Shares३२ साउन २०८०। बिहीबार देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती , कोशी, तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
बिहीवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। भने देशको पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र कोशी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना छ।
बिहीबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।