१७९
Shares३१साउन,२०८०। वैदेशिक रोजगार विभागले इजाजत पत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने २ मेनपावर व्यवसायीलाई कारबाही गरेको छ।
विभागले वैदेशिक रोजगार ऐन २०६४ बमोजिम इजाजत पत्र नलिई सञ्चालनमा रहेका दुई मेनपावर व्यवसायीलाई जनही २ लाख रुपैयाँ जरिवाना गरिएको जानकारी दिएको हो। स्वीकृतिविना सामाजिक सञ्जालको प्रयोग गरी वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विज्ञापन गरी राहदानी संकलन गरेको पाइएपछि क्यापिटल रिक्युटमेन्ट सर्भिसेज र इगल मेनपावर कन्सलटेन्टलाई जनही २लाख रुपैयाँ जरिवाना गरिएको विभागका निर्देशक कविराज उप्रेतीले बताउनुभयो।
त्यस्तै सामाजिक सञ्जालमा विज्ञापन गर्दै सर्वसाधारणमा भ्रम सिर्जना गर्ने ललितपुरका दुईवटा सुयान एजुकेशन प्राली र एलाईट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरमा विभागले अनुगमन गरेको छ। स्थलगत अनुगमन गरी आवश्यक कागजात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उप्रेतीले बताउनुभयो।