१९३
Shares३० साउन ,धादिङ । धादिङमा आज थप ७३ जनामा डेँगु संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा नीलकण्ठमा ६३, सिद्धलेकमा ४, ज्वालामुखी र त्रिपुरासुन्दरीमा २–२, गंगाजमुना र खनियाबासमा १–१ जना गरी ७३ जनामा डेंगु पोजेटिभ देखिएको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।
जसमध्ये २४ जना पुरुष र ४९ जना महिला रहेका छन् । यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या १ हजार ६ सय ५ जना पुगेको छ । जसमध्ये ८८१ जना पुरुष र ७ ९४ जना महिला रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । डेंगु संक्रमण जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य कार्यलय धादिङ र ,स्थानीय तहहरुले सुरक्षित रहन आग्रह गर्दै आएका छन् ।
त्यस्तै पछिल्लो समय डेंगुको संक्रमण बढ्दै जान थालेपछि स्थानीय तहरुले लामखुट्टेको वासस्थानको खोजी गरेर नष्ट गर्ने कार्यक्रम समेत गरिरहेका छन्