FLASH NEWS

नक्कली शरणार्थी प्रकरणमा थप १८ जनाको जाहेरी, १ करोड ८५ लाख ठगीएको दाबी

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण २९, सोमबार (१ साल अघि)
  • १३६

    Shares

नक्कली शरणार्थी प्रकरणमा थप १८ जनाको जाहेरी, १ करोड ८५ लाख ठगीएको दाबी

२९ साउन २०८०      भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने भन्दै करोडौं ठगी गर्ने गिरोहविरुद्ध थप १८ जनाको जाहेरी परेको छ । अमेरिका जाने लालसामा परेका उनीहरुबाट करिब १ करोड ८५ लाख ९२ हजार रुपैंया भन्दा बढी ठगी भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार लमजुङ, सुनसरी सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौं लगायतका जिल्लाका १८ जनाबाट तीनवटा छुट्टाछुट्टै किटानी जाहेरी परेको छ । सक्कल जाहेरी दरखास्त लगायतका कागजातहरु आवश्यक अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरी उपरिक्षक रेग्मीले बताउनुभयो । यस प्रकरणमा पुर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना पुपक्र्षका लागि थुनामा रहेका छन् । जिल्ला अदालत काठमाडौंले थुनामा पठाएपछि थुना बाहिरैबाट मुद्दा लड्न पाउनुपर्ने माग राख्दै उनीहरुले उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस