५८८
Shares२८ साउन, धादिङ । धादिङको थाक्रे गाउपालिकामा नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समिति द्वारा घोषित आन्दोलन सुरु गरेका छन्।
आइतबार गाउपालिकाको गेट अगाडि पालिकास्तरको धर्ना कार्यक्रम गरेका हुन्।
बिभेदकारि ऐन,राहत शिक्षक ब्यबस्थापन ,बालशिक्षक र बिद्यालय कर्मचारि समायोजन र स्थायि शिक्षक पेन्सन कटौती लगाएतको बिरुद्धमा सशक्त आन्दोलन सुरु गरिएको नेपाल राहत शिक्षक समिति थाक्रेका अध्यक्ष बिमल थापाले बताउनु भयो।
ने रा शि संगठन थाक्रे ,ए अ ने शि संगठन थाक्रे, ने शि संघ थाक्रे र नेपाल राहत शिक्षक समिति थाक्रेको संयुक्त आयोजनामा पालिकास्तरको शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएको पनि थापाले जानकारी दिनु भयो।
त्यस्तै धुनिबेशी नगरपालिकामा पनि नेपाल शिक्षक महासङ्घमा आबद्ध सबै शिक्षकहरुले नगरपालिका अगाडी शान्तिपूर्ण धर्नामा बसेका छन् ।
आइतबार नेपाल शिक्षक महासंघ धादिङले केन्द्रिय कार्यक्रम अनुसार जिल्लाका सबै पालिकामा धर्ना दिएको छ ।