FLASH NEWS

सहयात्री समाज नेपालको आर्थिक वर्ष २०७९/८० मा ११ वटा यौन जन्य हिंसाका घट्ना दर्ता भएका तथ्यांक सार्वजनिक

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण २४, बुधबार (१ साल अघि)
  • २४६

    Shares

सहयात्री समाज नेपालको आर्थिक वर्ष २०७९/८० मा ११ वटा यौन जन्य हिंसाका घट्ना दर्ता भएका तथ्यांक सार्वजनिक

२४ साउन, धादिङ।      सहयात्री समाज नेपालको आर्थिक वर्ष २०७९/८० मा ११ वटा यौन जन्य हिंसाका घट्ना दर्ता भएका तथ्यांक सार्वजनिक गरिएको छ ।

बिगत लामो समय देखि धादिङमा काम गर्दै आइरहेको सहयात्री समाज नेपाल धादिङको पहलमा २३ जना प्रभावितहरुको परिवारमा पुर्नमिलन, ७ जना प्रभावितहरु पहिलेको अवस्थाबाट बाहिर निस्किएर एक्लै काम गरि जिविकोपार्जन गरिरहेको, २ जना प्रभावितको नागरिकता र विवाह दर्ता बनेको, एकजनाले अंश प्राप्त गर्न सफल भएको र सेफ हाउसबाट २ जना छात्राहरुले एस.इ.इ पास गर्न सफल भएका सहयात्री समाज नेपालले जनाएको छ।

पत्रकार महासंघको हलमा मंगलबार एक कार्यक्रमको आयोजना गरि संस्थाका कार्यकारी निर्देशक राधिका सापकोटाले लैङिगक हिँम्साका घटनाहरुको बिश्लेषण सम्बन्धि सामाग्री प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा सहयात्री समाज नेपालको आर्थिक वर्ष २०७९÷८० मा ११ वटा यौन जन्य हिंसाका घट्ना दर्ता भएका तथ्यांक पनि सार्वजनिक गरिएकोसहयात्री समाज नेपालले जनाएको छ।

जसअन्तरगत शारीरिक कुटपिटको ८ वटा, गाली गलौज दुव्र्यवहारको ७ ,मनोसामाजिक सहयोग ६ वटा घट्ना दर्ता भएको बताईएको छ । गत आ.व.मा सहयात्री समाजले संचालन गरेको सेफ हाउसमा ३१ जनाले सेवा लिएका थिए ।
जसमध्ये १० जना बालबालिकाले निशुल्क रुपमा नीलकण्ठ माध्यामिक विद्यालय र एड्भान्स एकेडेमीमा अध्ययन गरिरहेका छन् । त्यस्तै सहयात्री समाजले प्रहरीसँगको समन्वयमा मानव वेचविखन घट्नाको एक जना प्रभावितलाई उद्धार गर्न समेत सफल भएको संस्थाका कार्यकारी निर्देशक राधिका सापकोटाले टोल टोलको खबरलाई जानकारी दिनु भयो।

सहयात्री समाज नेपालको अध्यक्ष गिता खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमृुख जिल्ला अधिकारी बद्रीनाथ ग्रैह्रेको प्रमुख आतिथ्यता रहेको थियो कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि हरुको सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस