१५९
Shares|sf7df8f}F, @! c;f/ . /fli6«o ;efsf] laxLaf/sf] a}7sdf ;xefuLx¿ . tl:a/ M /Tg >]i7÷/f;;
२२ साउन २०८० । आज पनि राष्ट्रियसभाकाे बैठक स्थगित भएकाे छ । राष्ट्रियसभाको अर्को बैठक साउन २४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो। सुन तस्करी प्रकरणको बारेमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध गरेपछि राष्ट्रियसभाको बैठक आज पनि स्थगित भएको हाे ।
राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले एमाले सांसद दिलकुमारी रावल पार्वतीलाई बोल्न समय दिनु भएको थियो । उहाले सुन काण्डमा सरकारले मात्रै छानबिन गरेर सम्भव नभएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरेरै अनुसन्धान गर्नुपर्ने बताउनु भयो । उहाले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद निरन्तर रूपमा संचालन हुन् नदिने बताउनु भयो।
एमालेले साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा अवराेध गर्दै आएको छ । राष्ट्रिय सभाको अर्को बैठक साउन २४ गते दिउँसो १ बजे बस्ने छ ।