FLASH NEWS

धादिङमा दिनहुँ डेंगुका बिरामी बढ्दै,आज थप ५० जनामा डेँगु संक्रमण पुष्टि

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० श्रावण १९, शुक्रबार (१ साल अघि)
  • १७२

    Shares

धादिङमा दिनहुँ डेंगुका बिरामी बढ्दै,आज थप ५० जनामा डेँगु संक्रमण पुष्टि

१९ साउन, धादि।       धादिङमा आज थप ५० जनामा डेँगु संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ३८ जना, त्रिपुरासुन्दरी गाउपालिकामा २ जना,रुवीभ्याली गाउपालिकामा १ जाना , सिद्दलेक गाउपालिकामा २ ,ज्वालामुखी गाउपालिकाम २ जना ,गंगाजमुना गाउपालिकामा २ जना , गल्छी गाँउपालिका २ ,अन्य जिल्लाको १ जना रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।जसमध्ये २५ जना पुरुष र २५ जना महिला रहेका छन् । यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या ७ सय ७७ जना पुगेको छ । जसमध्ये ४ सय १४ जना पुरुष र ३ सय ६३ जना महिला रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । डेंगु संक्रमण जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य कार्यलय धादिङ र ,स्थानीय तहहरुले सुरक्षित रहन आग्रह गर्दै आएका छन् । त्यस्तै पछिल्लो समय डेंगुको संक्रमण बढ्दै जान थालेपछि स्थानीय तहरुले लामखुट्टेको वासस्थानको खोजी गरेर नष्ट गर्ने कार्यक्रम समेत गरिएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस