२६४
Sharesधादिङ ,१७ साउन । धादिङमा आज थप ५८ जनामा डेँगु संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ४९ जना, त्रिपुरासुन्दरी गाउपालिकामा १ जना रुवीभ्याली गाउपालिकामा १ जाना , सिद्दलेक गाउपालिकामा १ ,ज्वालामुखी गाउपालिकाम ३ जना ,गंगाजमुना गाउपालिकामा १, नेत्रावती डबजोङ गाँउपालिका १ ,खानियावास गाउपालिकामा १ जना रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।जसमध्ये २७ जना पुरुष र ३२ जना महिला रहेका छन् । यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या ६ सय ६५ जना पुगेको छ । जसमध्ये ३ सय ५४ जना पुरुष र ३ सय ११ जना महिला रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । डेंगु संक्रमण जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य कार्यलय धादिङ र ,स्थानीय तहहरुले सुरक्षित रहन आग्रह गर्दै आएका छन् । त्यस्तै पछिल्लो समय डेंगुको संक्रमण बढ्दै जान थालेपछि स्थानीय तहरुले लामखुट्टेको वासस्थानको खोजी गरेर नष्ट गर्ने कार्यक्रम समेत गरिएको छ ।