१३१
Shares१६ साउन, २०८० । प्रतिनिधिसभाको मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको छ। हिजो साेमवार पनि सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक आज पुनः सूचना टाँस गर्दै स्थगन गरिएको छ।
सभामुख देवराज घिमिरेले अर्को बैठक साउन २२ गते सोमवारका लागि तोक्नुभएको छ । सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर संसद् अवरोध गर्दै आएको छ । एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।