१८९
Sharesधादिङ ,१५ साउन। धादिङमा आज थप ६४ जनामा डेँगु संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ५८ जना, सिद्दलेकमा १जना ,ज्वालामुखी गाउपालिकामा ३ जना ,खनियाबासमा २जना रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।
जसमध्ये २४ जना पुरुष र २७ जना महिला रहेका छन् । यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या ५ सय ६५ जना पुगेको छ । जसमध्ये ३ सय ५ जना पुरुष र २ सय ६० जना महिला रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । डेंगु संक्रमणको जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य कार्यलय धादिङले सुरक्षित रहन आग्रह गर्दै आएको छ । त्यस्तै पछिल्लो समय डेंगुको संक्रमण बढ्दै जान थालेपछि लामखुट्टेको वासस्थानको खोजी गरेर नष्ट गर्ने कार्यक्रम समेत गरिएको छ ।