२४०
Shares१४ साउन धादिङ, पबित्रा थापा मगर । धादिङमा आज थप ५१ जनामा डेँगु संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ४७ जना, सिद्दलेकमा १ ,ज्वालामुखी गाउपालिकामा १ जना ,त्रिपुरासुन्दरी गाउपालिकामा १ जना,गंगाजमुनामा १ जना रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।
जसमध्ये २४ जना पुरुष र २७ जना महिला रहेका छन् । यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या ५ सय १ जना पुगेको छ । जसमध्ये २ सय ६६ जना पुरुष र २ सय ३५ जना महिला रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । डेंगु संक्रमणको जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य कार्यलय धादिङले सुरक्षित रहन आग्रह गर्दै आएको छ । त्यस्तै पछिल्लो समय डेंगुको संक्रमण बढ्दै जान थालेपछि लामखुट्टेको वासस्थानको खोजी गरेर नष्ट गर्ने कार्यक्रम समेत गरिएको छ ।