३२४
Shares१२ साउन,२०८० धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका स्थानीयमाझ वित्तीय पहुँच पुर्याउने उद्देश्यले सानिमा बैंकले बुधबार बेनीघाट रोराङ गाउँपालिकाको ताल्ती स्थीत ह्वासिन सिमेन्ट उद्योग परिसरमा एटीएम बुथको स्थापना गरिएको छ।
उक्त एटीएम बुथको एक समारोहका बीच बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल, उद्योगका जेनेरल मेनेजर झियाङ चाङ होङ तथा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ तथा बागमती प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाले संयुक्त रुपमा गर्नु भएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष हेमराज भुजेलले ताल्ती जस्तो दुर्गम क्षेत्रमा बैंकिङ सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिनु भयो ।
त्यसैगरी बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठले यस क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी एटीएम स्थापना गर्न अवसर जुटाइदिने सम्पूर्ण सरोकारवालालाई धन्यबाद ज्ञापन गर्दै उक्त एटीएमको भरपूर उपयोग गर्दै यस क्षेत्रका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गर्नु भयो ।
यसका साथै आगामी दिनमा पनि वित्तीय पहुँचका अन्य क्षेत्रमा पनि सहकार्य गर्दै जाने उहाले जानकारी दिनु भयो ।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यबाद ज्ञापन तथा कार्यक्रमको सञ्चालन सानिमा बैंकका डिजिटल बैंकिङ प्रमुख विक्रम श्रेष्ठले गर्नु भएको थियो।
सानिमा बैंकको सातै प्रदेशमा १३२ वटा कार्यालय र १२३ वटा एटीएम सञ्जाल छन् भने घादिङ जिल्लामा मात्र ३ वटा शाखा कार्यालय र ४ वटा एटीएम छन् ।