FLASH NEWS

धादिङमा थप ५७ जनामा डेँगु संक्रमण पुष्टि

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० श्रावण ११, बिहिबार (१ साल अघि)
  • १३७

    Shares

धादिङमा थप ५७ जनामा डेँगु संक्रमण पुष्टि

११ साउन ,२०८० ।    धादिङमा थप ५७ जनामा डेँगु संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५७ जनामा संक्रमण पुष्टि भएको छ।थप ३२ जना पुरुष र २५ जना महिला गरी ५७ जना डेँगुका बिरामी थपिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

संक्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिकाका ४५ जना, ज्वालामुखीका ५ जना, गंगाजमुनाका ३ जना,सिद्धलेकका १, नेत्रावती डवजोङका १, खनियाबासका १ र रुवीभ्यालीका १ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या ३सय ४२ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
जसमा पुरुष १८५, महिला १५७ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये सबै भन्दा धेरै ३सय १३ जना निलकण्ठका मात्रै रहेका छन् ।साउन महिनासँगै भदौ र असोजमा डेँगु सङ्क्रमण अझै बढ्न सक्ने अनुमान छ ।
स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गर्दै आएको छ ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस