FLASH NEWS

धादिङमा दिनहुँ डेंगुका बिरामी बढ्दै, थपिए आज पनि २४ संक्रमित

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० श्रावण ४, बिहिबार (१ साल अघि)
  • २२९

    Shares

धादिङमा दिनहुँ डेंगुका बिरामी बढ्दै, थपिए आज पनि २४ संक्रमित

४ श्रावण,धादिङ।    छिल्लो केहि दिन यता धादिङमा डेंगु संक्रमण हुनेको संख्या बढ्दै जान थालेको छ । धादिङ सहित देशैभर केहि दिन यता डेँगु संक्रमणका बिरामी बढ्न थालेका हो । धादिङमा आज मात्रै २४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १६ जना पुरुष र ८ जना महिला रहेका छन् । संक्रमित भएका मध्येनीलकण्ठ नगरपालिकामा २२ जना,बेनिघाट रोराङका १ र ज्वालामुखीका १ जना रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । साउनको १ देखि यता जिल्लामा संक्रमित हुनेको संख्या ९४ पुगेको छ। जसमा पुरुष ५१, महिला ४३ जना छन्।
डेंगु संक्रमणको जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य कार्यलय धादिङले सुरक्षित रहन आग्रह गर्दै आएको छ । त्यस्तै पूरा बाहुला भएका लुगा लगाउन, झुल भित्र मात्र सुत्न, झ्यालढोकामा जाली राख्न, घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन आग्रह गरेको छ । त्यस्तै धादिङ बिभिन्न स्थानीय तहहरु अस्पताल,सोसियल भोलेन्टियर लगायतका सम्बन्धित निकायहरुले बजार क्षेत्रका घरवरपरका खाल्डाखुल्डी पुर्न, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्न, साँझ बिहान करेसाबारीमा जाँदा, घर बाहिर वा पार्कमा जाँदा विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस