FLASH NEWS

धुनिवेशी ६ द्वारा २०७९ सालको एस.ई.ई परिक्षामा धुनिबेशी टप गर्ने विद्यार्थीलाई नगद सहित सम्मान

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० अषाढ ३१, आईतबार (१ साल अघि)
  • ५०९

    Shares

धुनिवेशी ६ द्वारा २०७९ सालको एस.ई.ई परिक्षामा धुनिबेशी टप गर्ने विद्यार्थीलाई नगद सहित सम्मान

३१असार,२०८० धुनिबेशी ।       धुनिवेशी नगरपालिका वडा नं ६ ले २०७९ सालको एस.ई.ई परिक्षामा धुनिबेशी टप गर्ने विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । नगरपालिका भित्र रहेका सामुदायिक तथा निजि विद्यालयहरुबाट २०७९ सालको एस.ई.ई परिक्षामा सबै भन्दा बढी अंक ३.८५ जिपिए ल्याएका गुडस्टार्ट ईङलिस स्कुलका दिवस कोईरालालाई नगद सहित सम्मान गरेको हो । कोइरालालाई ५ हजार नगद सहित सम्मान पत्र प्रदान गरिएको धुनिवेशी नगरपालिका वडा नं ६ का वडाअध्यक्ष रमेश प्रसाद आचार्यले टोल टोलको खबरलाई जानकारी दिनुभयो । गुडस्टार्ट ईङलिस स्कुलका विद्यालयबाट ए ग्रेड ल्याउने ६, वि प्लस ल्याउने ४ र वि ग्रेड ल्याउने ५ जना रहेको विद्यालयका प्रधानाध्यापक हर्क लामाले बताउनु भयो । नगरपालिका भरी विभिन्न विद्यालयबाट ३ सय ८८ जनाले परीक्षा दिएका थिए । जसमध्ये ए ग्रेड ल्याउने विद्यार्थी ३७ जना , बि प्लस ल्याउने ७० जना, बि ल्याउने १०१ जना, सि प्लस ल्याउने ९५ जना, सि ल्याउने ६३ जना, डि प्लस ल्याउने १२ जना र डि ल्याउने १ जना रहेका छन् ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस