FLASH NEWS

 धुनिबेशी नगरपालिकाको सूचना

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० अषाढ २९, शुक्रबार (१ साल अघि)
  • ३३४

    Shares

 धुनिबेशी नगरपालिकाको सूचना

२९असार २०८०       धुनिबेशी नगरपालिकाको सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने सम्बन्धि सूचना ।

यस नगरपालिकाको सबै वडाहरुबाट आर्थिक वर्ष २०७९ / ०८० मा सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका लाभग्राहीहरुले आ.व. २०८०/०८१ मा भत्ता प्राप्त गर्नको लागि आफ्नो सामाजिक सुरक्षा परिचयपत्र अनिवार्य नविकरण गर्नुपर्ने भएकाले भत्ता खाइपाई आएका सम्पूर्ण लाभग्राहीहरुले देहायका कागजात सहित आ- आफ्नो वडा कार्यालयमा गई यहि श्रावण १ गतेदेखि भाद्र २५ गतेभित्र अनिवार्य रुपमा आफ्नो सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्नु गराउनुहुन अनुरोध गरिन्छ ।
सामाजिक सुरक्षा परिचयपत्र नविकरणका लागि आवश्यक कागजातहरु लाभग्राहीको पासपोर्ट साइजको फोटो २ प्रति र नागरिकता प्रमाणपत्रको फोटोकपी १ प्रति तथा बालबालिकाको हकमा जन्मदर्ताको फोटोकपी १ प्रति,
विधवा महिलाको हकमा पतिको मृत्युदर्ताको प्रमाणपत्रको फोटोकपी १ प्रति र ६० वर्ष मुनिका विधवा महिलाको हकमा अर्को विवाह नगरेको प्रमाण,
सम्बन्ध बिच्छेद गरि अर्को विवाह नगरेकी महिलाको हकमा सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्रको फोटोकपी १ प्रति र अर्को विवाह नगरेको प्रमाण,
६० वर्ष पुरा भएका एकल महिलाको हकमा विवाह नगरेको वडाको सिफारिस पत्र, अपांगता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपांगता परिचयपत्रको फोटोकफी १ प्रति
नोट :-
बालबालिका वा आफैँ उपस्थित हुन नसक्ने व्यक्तिको हकमा निजको संरक्षक वा स्याहार सुसार गर्ने व्यक्तिले निवेदन दिन सक्नेछन् ।
तोकिएको समयमा (२०८० श्रावण १ गते देखि भाद्र मसान्त सम्म) परिचयपत्र नविकरण नगराउने लाभग्राहीको नाम प्रणालीबाट स्वतः लगत कट्टा हुने तथा भत्ता नपाउने र लगत कट्टा भएका व्यक्तिले पुन: नयाँ निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्न शुरु हुनेछ ।
फोन : ०१०-४०११९७

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस