FLASH NEWS

धुनिबेशीमा बिभिन्न महामारी जन्य रोगहरुको रोकथाम नियन्त्रण तथा निराकरणका लागि सरोकार वालाहरु संग अन्तरक्रिया 

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० अषाढ २८, बिहिबार (१ साल अघि)
  • ३०८

    Shares

धुनिबेशीमा बिभिन्न महामारी जन्य रोगहरुको रोकथाम नियन्त्रण तथा निराकरणका लागि सरोकार वालाहरु संग अन्तरक्रिया 

२८ असार,२०८० धुनिबेश।      धुनिबेशी नगरपालिकामा बिभिन्न महामारी जन्य रोगहरुको रोकथाम नियन्त्रण तथा निराकरणका लागि सरोकार वालाहरु संग अन्तरक्रिया कार्यक्रमको भएको छ।
धुनिबेशी नगरपालिका स्वास्थ्य साखाको आयोजनामा गरिएको कार्यक्रममा नगर पालिकाले तयार पारिएको अद्यावधिक पी आर टि गाइड लाइन बारे छलफल भएको थियो।
नगरमा आर्थिक वर्ष २०७९ /८०मा महामारी जन्य रोग हरुको बेबस्थापन तथा नियन्त्रण सम्बन्धि भएको गतिबिधि हरुको बारेमा जानकारीका साथै महामारी जन्य रोग हरुका बेबस्थापन तथा नियन्त्रण बारे द्रुत प्रतिकार्यको पुर्व तयारि तथा योजना निर्माण लगाएतका विषयमा समेत छल फल तथा अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा डेंगु रोगको परिचय तथा रोग थामका बिधि तथा नियन्त्रणका लागि नगर पालिकाले गरेको प्रयासका बारेमा समेत जानकारी गराइएको थियो। धुनिबेसी नगरपालिका स्वास्थ्य साखा प्रमुख धुर्ब अधिकारीले जानकारी दिनु भयो। यस्तै कार्यक्रममा हैजाको बारेमा पनि जानकारी गराउनुको साथै यस बाट कसरि बच्ने भन्ने बिषयमा पनि जानकारी गराइएको स्वास्थ्य शाखाका सी अहेब अधिकृत हेमन्त सुबेदीले टोल टोलको खबरलाइ जानकारी दिनु भयो।
कार्यक्रममा बिपतको बेलामा नगरपालिकाले तयार पर्ने प्रतिकार्य योजनाका बारेमा समेत छलफल भएको छ। कार्यक्रममा आफ्नो धारणा राख्दै सहभागी हरुले बेला बेला बिभिन्न स्थानमा रहेको पानीको मुहान बाटनै नमुना संकलन गरि हैजा छकि छैन भन्ने परिक्षण गर्नु पर्ने बताएका थिए । कार्यक्रममा धुनिबेशी नगरपालिका शिक्षा शाखाका प्रमुख शुजन राज खनालले बिधालय स्थरमा पनि जनचेतना मुलक कार्यक्रम संचालन गर्न सकेमा स्वास्थ्य सचेतना बढ्न सक्ने सुझाब दिनु भयो। उक्त कार्यक्रममा नगर उप प्रमुख सुरज उप्रेतीले महामारी रोगको नियन्त्रणका लागि नगरले गर्ने क्रियाकलापमा समेत नागरिकहरुले सहयोग गर्नु पर्ने बताउदै नगर प्रहरीको परिचालन मार्फत स्वास्थ्य लगाएत प्रभावित भएका क्षेत्रहरुको नियमन गर्नु पर्ने बताउनु भयो।


कार्यक्रममा सम्बोधन गर्नु हुदै नगर प्रमुख बालकृष्ण आचार्यले वार्ष याम सुरु भएको बेलामा देखा पर्ने बिभिन्न सरुवा रोगको प्रकोप बढ्ने भएकाले सचेत रहन आग्रह गर्दै नागरिकहरुको साना साना कुराहरुमा ध्यान दिदै अघि बड्न आग्रह गर्नु भयो। नागरिकको तर्फबाट केहि गुनासा आइरहेकोले नगरका जनप्रतिनिधि तथा कर्मचारीले ध्यान पुर्वक नागरिकका गुनासा सुन्नु पर्ने र समाधान गर्नु पर्ने बताउनु भयो। हरेक महिनामा हुने प्र अ बैठकमा स्वाथ्यको बिषयलाई प्रथामिकताका साथ् उठान गर्नु पर्ने समेत बताउनु भयो। विपतको बेला नगर पालिकाले खरिद गरेका तथा बेबस्थापन गरेका उपकरणहरु बेबस्थित गर्नु पर्नेमा जोड दिनु भयो। बिपतमा सबै भन्दा अग्र पंतिमारहन नगर प्रहरीलाई निर्देशन समेत दिनु भयो। साथै नीतिगत रुपमा गरेका निर्णयहरुलाई कार्यन्वयन गर्न कर्म चारीहरुले बिशेस ध्यान दिन समेत निर्देशन दिनु भयो। कार्यक्रममा धुनिबेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्य, उप प्रमुख सुरज उप्रेती , प्रमुख प्रशासकीय अधिकृत अच्यु राज रेग्मी , बिभिन्न वडाका वडा अध्यक्षहरु शाखाका प्रमुख हरु ,रेड क्रस लगाएत बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु एबम नगरका बिभिन्न वडामा रहेका स्वास्थ्य चौकीका प्रमुख ,महिला स्वास्थ स्वयम् सेविका लागेताको सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस