१४१
Shares२८ असार,२०८० देशका बिभिन्न स्थानमा आज, भोलि र पर्सि तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ ।
बाग्मती कोशी, मधेस र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने उहाँको भनाइ छ ।
पानी पर्ने सम्भावना भएकाले बाढी पहिरोको जोखिम रहेकाले भिरालो जमिन र नदी आसपासका क्षेत्रमा बस्नेलाई विशेष सावधानी अपनाउन गरिएको छ ।