FLASH NEWS

आज पृथ्वी सूर्यबाट झण्डै १५ करोड २० लाख किलोमिटर टाढा रहने

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० अषाढ २१, बिहिबार (१ साल अघि)
  • १३६

    Shares

आज पृथ्वी सूर्यबाट झण्डै १५ करोड २० लाख किलोमिटर टाढा  रहने

२१ असार २०८०।    आज बिहिबार सूर्यबाट पृथ्वी सबैभन्दा टाढा पुग्ने र वर्षको सबैभन्दा लामो दिन हुने भएको छ ।
सूर्य र पृथ्वी बीचको दूरी झण्डै १५ करोड किलोमिटरमा रहेको छ । आज यी दुईबीचको दूरी झण्डै १५ करोड २० लाख किलोमिटर रहनेछ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ ।बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका अनुसार पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको छ । पृथ्वी सूर्यको टाढा पुग्दा पृथ्वीको घुम्ने गति कम हुने हुँदा दिन लामो हुन जाने समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले बताउनुभयो ।
आज उत्तरी ध्रुवमा सबैभन्दा धेरै गर्मी भएको अनुभब समेत हुनेछ । उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत र दक्षिणी ध्रुवमा १० प्रतिशत व्यक्तिको बसोबास छ।
सामान्यतया जुन २१ तारिख वर्षको लामो दिन र छोटो रात, सेप्टेम्बर २१ रात र दिन बराबर तथा डिसेम्बर २१ तारिख वर्षको सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात हुने मानिन्छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस