५७
Shares१७ असार ,२०८०। शनिबार रातिदेखि पहिराेले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड आइतबार साँझ करिब पौने ६ बजे देखि सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका-५ तुइन खाेलामा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।
आइतबार दिनभर एक्साभेटरले पहिरो फालेपछि सडक सञ्चालनमा आएको हो ।
सडक खुलेपछि शनिबार रातिदेखि सडकमा अलपत्र गाडीहरु गन्तव्यतर्फ जान थालेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिनु भयो ।