FLASH NEWS

धुनिवेशी ६ धार्केमा रहेको प्रारम्भ डेरीमा मिल्क एनालाईजरको शुभारम्भ

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० अषाढ १३, बुधबार (१ साल अघि)
  • ७४५

    Shares

धुनिवेशी ६ धार्केमा रहेको प्रारम्भ डेरीमा मिल्क एनालाईजरको शुभारम्भ

१३ असार,२०८० धार्के।      धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा रहेको आरम्भ सप्लायर्स द्धारा सञ्चालीत प्रारम्भ डेरीले मिल्क एनालाईजरको सुरुवात गरेको छ ।
आरम्भ सप्लायर्स र प्रदेश दुग्ध विकास बोर्ड हेटौंडा मकवानपुरको लागत साझेदारीमा मिल्क एनालाईजरको सुरुवात भएको आरम्भ सप्लायर्सका संचालक पुरुषोत्तम आचार्यले बताउनु भयो ।


प्रदेश दुग्ध विकास बोर्ड हेटौंडा मकवानपुरको ३ लाख २० हजार आर्थिक सहयोगमा आरम्भ सप्लायर्सद्धारा सञ्चालित प्रारम्भ दुग्ध डेरीलाई आधुनिक प्रविधियुक्त मिल्क एनालाईजर प्राप्त भएको हो । यस मिल्क एनालाईजरले गर्दा अब किसानले उत्पादन गरि बिक्रिका लागि डेरीमा ल्याएका दुग्ध जन्य पदार्थको डिजिटल प्रविधिबाट नाप,जाच गर्न सकिने सप्लायर्सका संचालक आचार्यले बताउनु भयो ।
सुभारम्भ कार्यक्रममा धुनिवेशी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्य,थाक्रे गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष श्याम चन्द्र आचार्य,नव ज्योति सहकारीका अध्यक्ष अर्जुन आचार्य, उदय सहकारीका अध्यक्ष बाशु देव बास्कोटा किसानहरु लगायतको सहभागीता रहेको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस