FLASH NEWS

थाक्रे गाउँपालिकाद्धारा ८४ करोड २७ लाख ३७ हजार रुपैँयाको बजेट विनियोजन

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० अषाढ १२, मंगलबार (१ साल अघि)
  • ७४९

    Shares

थाक्रे गाउँपालिकाद्धारा ८४ करोड २७ लाख ३७ हजार रुपैँयाको बजेट विनियोजन

१२ असार,२०८० थाक्रे।     धादिङको थाक्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ८४ करोड २७ लाख ३७ हजार रुपैँयाको बजेट आज विनियोजन गरेको छ । मंगलबार गाउँपालिकाको नवनिर्मित नयाँ भवनको हलमा भएको गाउँपालिकाको गाउँसभा तथा १३ औँ अधिवेशनमा उक्त बजेट विनियोजन गरिएको हो ।
गाउँपालिकाको उपाध्यक्ष यन्त्रबहादुर थापा (जिन्दगि)ले प्रस्तुत गर्नुभएको बजेटमा आर्थिक, सामाजिक विकास, पुर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको क्षेत्रगत विवरण पेश गरिएको छ ।

आर्थिक विकास अन्तर्गत ७ करोड ८२ लाख ९८ हजार, सामाजिक विकास अन्तर्गत १६ करोड ३९ लाख ३८ हजार, पुर्वाधार विकास अन्तर्गत २३ करोड ५५ लाख ७२ हजार रुपैँया बजेट विनियोजन गरिएको छ ।
यस्तै सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र अन्तर्गत २ करोड ४८ लाख ७९ हजार रुपैँया र कार्यालय सञ्चालन तथा प्रशासनिकमा ३४ करोड ५० हजार बजेट विनियोजन गरिएको गाउँपालिकाको उपाध्यक्ष यन्त्रबहादुर थापा(जिन्दगि)ले बताउनु भयो।

गाउँपालिकाको गाउँसभा तथा १३ औँ अधिवेशनको अन्तिम दिन मँगलबार बजेटको उदेश्य, प्राथमिकताका साथै चालु आर्थिक वर्षको आम्दानी र खर्चको विवरण पनि प्रस्तुत गरिएको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताउनुभयो ।

 

thakre 1.jpg

 

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस