FLASH NEWS

धुनिबेशिमा खाद्य समन्वय समिति गठन तथा सञ्चालन कार्यविधि नगरपालिकालाई हस्तान्तरण

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० अषाढ ७, बिहिबार (१ साल अघि)
  • २२०

    Shares

धुनिबेशिमा खाद्य समन्वय समिति गठन तथा सञ्चालन कार्यविधि नगरपालिकालाई हस्तान्तरण

७ असार २०८०,धुुनिवेशी ।     खाद्य अधिकार सञ्जाल धुनिवेशीले खाद्य समन्वय समिति गठन तथा सञ्चालन कार्यविधि नगरपालिकालाई बुझाएको छ ।
गएको बैशाख १३ गते धुुनिवेशी नगरपालिकामा स्थानीय खाद्य समन्वय समिति गठन विषयक अन्र्तक्रिया कार्यक्रम गरिएको थियो । अन्र्तक्रिया कार्यक्रममा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्वन्धी ऐन २०७५ कार्यान्यन गर्न खाद्य समन्वय समिति गठन गर्न माग गदै बुझाएको माग पत्रको सम्वोधन गर्दै नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले स्थानीय खाद्य समन्वय समिति गठन तथा सञ्चालन कार्यविधि फियान नेपालको प्राविधिक सहयोगमा र सञ्जालका सदस्यहरुको सक्रिय सहभागितामा बुझाइएको हो ।

असार ६ गते बुधबार बसेको बैठकले बुदाँगत छलफल गरी मस्यौदालाई अन्तिम रुप दिई बैठकबाट पारित गरी ४ परिच्छेद, १९ दफा र ५ अनुसुची समावेश भएको १७ पेजको स्थानयि खाद्य समन्वय समिति गठन तथा सञ्चालन कार्यविधि सक्कल प्रति नगर प्रमुख वालकृष्ण आर्चायलाई हस्तानान्तरण गरिएको छ।

स्थानयि खाद्य समन्वय समिति गठन तथा सञ्चालन कार्यविधि २०८० ग्रहण गर्दै नगर प्रमुख आर्चायले खाद्य अधिकार प्रर्वधन गर्न खाद्य अधिकार सञ्जाल र फियान नेपालले जुन किसिमको चासो लिएको छ । यसमा गरपालिकाले पनि चासो लिएर काम गरेको नगर प्रमुख आचार्यको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मीले कार्यविधि भएकाले नगर कार्यपालिकाबाटै निर्णय लागु गर्ने बताउनु भएको छ ।

स्थानयि खाद्य समन्वय समिति गठन तथा सञ्चालन कार्यविधि २०८० हस्तान्तरण समारोहमा नगर प्रमुख बालकृष्ण आर्चाय र प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मी, खाद्य अधिकार सञ्जाल धुनिवेशीका संयोजक सरिता आचार्य सहित सदस्यहरुको उपस्थिति रहेको थियो ।
सञ्जालका सदस्य रोशन नेपालले चिठीको व्यहोरा पढेर मस्यौदा कार्यविधि नगर प्रमुख आचाृयलाई हस्तान्तरण गर्नु भएको थियो

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस