४१८
Shares५ असार २०८०,धादिङ ः गत शनिवार विपन्न परिवारका ५५ जना विद्यार्थीलाई स्टेशनरी, झोला र पोशाक हस्तानान्तरण गरिएको छ। यो कुनै सरकारी कोषबाट नभई २०७९ सालमा बैशाखमा सम्पन्न स्थानयि तहको निर्वाचन पश्चात नीलकण्ठ नगरपालिका वडा नं. ३ का स्वतन्त्र उम्मेदवारबाट निर्वाचित वडा अध्यक्षले स्थापना गरेको अध्यक्ष कोषबाट प्रदान गरिएको हो ।
राजकुमार श्रेष्ठ (डाँडाघरे) ले वडा अध्यक्षमा निर्वाचित भएपछि आफुले पाउने सरकारी तलव, सुविधा, भत्ता सवै सामाजिक काममानै खर्च गर्ने भन्दै वडा अध्यक्ष अक्षय कोष घोषण गर्नु भएको थियो । वडा अध्यक्ष श्रेष्ठले अध्यक्ष कोष घोषण गरेको केही मिनेटमा श्रेष्ठलाई निर्वाभनमा समथर्न गर्ने समाज सेवी तथा व्यावसायीहरुले २०∕२० हजार वडा अध्यक्ष अक्षय कोषमा जम्मा गर्ने घोषण गरेका थिए । अहिले अध्यक्ष कोषमा चार लाख रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो । केही रकम जम्मा हुन बाँकी रहेको र जम्मा भएको रकमबाट तीन लाख वरावरको छात्रवृद्धि प्रदान गरिएको र अरु नगदमा रहेको छ । जम्मा हुन बाँकी रकम जम्मा गरेर फेरी अध्यक्ष कोषमा जम्मा गर्ने योजना रहेको छ । आफु वडा अध्यक्ष वहाल रहेसम्म सरकारी तलव, भत्ता र अन्य सुविधा वापत आउने सवै पैसा अध्यक्ष कोष मार्फत खर्च गर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
विभिन्न विद्यालयका विपन्न विद्याथीहरुलाई निरन्तर छात्रवृद्धि वितरण गदै जाने छौ । धेरै अग्रज र साथीहरुले अक्षय कोषमा रकम थपन्नु भएको छ । ती रकमबाट १४ विद्यालयका कक्षा १ देखि ११ सम्मका ५५ जना विद्यार्थीलाई स्टेशनरी, झोला, पोशाक वितरण गरेका छौ अध्यक्ष श्रेष्ठले भन्नु भयो । सांकोष माविका तीन जना, वालमन्दीरका चार जना, महेन्द्र माविका १२ जना, अन्नपूर्ण माविका तीन जना, सुनौलो भैरवीका दुई जना, मनरुपी माविका तीन जनालाई विद्यार्थीलाई स्वारुप विद्यालय जानका आवश्यक सामाग्री प्रदान गरिएको छ । यसैगरी इजरा आविका ९ जना, पशुपति माविका चार जना, पण्डितचौर माविका दुई जना, पञ्चकन्या माविका तीन जना, गायत्रीदेवी आविका छ जना, धादिङ वोडिङका एक जना, नीलकण्ठ माविको एक जना र सुनखानी माविका दुई जनालाई प्रदान गरेका छौ श्रेष्ठले भन्नु भयो ।