१८४
Shares ५ असार ,२०८० । आज कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
केहि दिन देखिको वर्षाका कारण पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढी पहिरो आएको छ । यी जिल्लाहरुका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । पूर्वी पहाडी जिल्लामा पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
तेस्तै पश्चिमी क्षेत्रमा आज हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् लामिछानेले बताउनुभयो । पश्चिमी क्षेत्रमा मनसुन पुग्न अझै केही दिन लाग्ने उहाँको भनाइ छ । मध्य र पूर्वी क्षेत्रमा भने मनसुनको प्रभाव छ ।