४९९
Shares२९ जेठ २०८०, बागमती प्रदेश धादिङ क्षेत्रनम्बर १ (१)का संसद मदु कुमार श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठलाइ ध्यानकर्षण गराउनु भएको छ। धादिङ जिल्लामा रहेका किसान हरुलाई राशायानिक मलको अभाब भएको कारण दिनानुदिन किसानहरुले उत्पादन गर्ने तरकारी तथा अन्न वालीमा मल हाल्नको लागि समस्या झेल्ल्नु पर्ने सधै मलको अभाब खेप्नु पर्ने भएको कारण मलको समस्या सहज गरिदिन कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठलाइ ध्यानकर्षण गराएको बागमती प्रदेश सभा सदस्य मदु कुमार श्रेष्ठले टोल टोलको खबर डट कामलाई जानकारी दिनु भयो । उक्त ध्यानकर्षण पत्रमा
बिषय : मलको समस्या सहज गरिदिने सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा बागमती प्रदेश अन्तर्गत धादिङ जिल्लामा करिब ८० प्रतिशत जनता कृषि पेशामा आबद्ध रहेको कुरा अवगत गर्दछु । धादिङमा उत्पादित तरकारी तथा कृषि उत्पादनले राजधानी काठमाडौको तरकारीको मागलाई समेत केही मात्रामा सम्बोधन गर्री रहेको कुरा यहाँलाई अवगतनै छ । अहिलेको समय कृषिकार्यमा लाग्ने समय हो तर यो समयमा कृषकले सहकारी मार्फत बितरण गरिरहेको २० के जी कृषिमल लिन ३ घण्टा लाईनमा बस्नुपर्ने बाध्यतामा छन् । किसानले राम्रो बीउ तथा बिजन प्राप्त गर्न सकेका छैनन् । प्रकृतिले पनि र प्रक्रियाले पनि ठगेका यहाँका किसानलाई कम्तीमा मल तथा बीउ बिजनको ब्यवस्था चाडो हुनुपर्छ भन्ने कुरामा ध्यानाकर्षण गराउँदै सहजरुपमा बागमती प्रदेश भरी मल बीउ उपलब्ध गराईदिनुहुन बिनम्र अनुरोध गर्दछु । भनिएको छ।