FLASH NEWS

बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प गयो

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ २९, सोमबार (१ साल अघि)
  • २४९

    Shares

बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प गयो

फाइल फोटो

आज बिहान बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको बिछिया केन्द्रविन्दु भएर बिहान ७ बजेर ३८ मिनेटमा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो ।
जेठ १४ सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको थियो ।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम चलिरहेकाे छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस