FLASH NEWS

खाद्य अधिकार कार्यान्वयनमा स्थानीय तह(सरकार)को भुमिका र टोल विकास संस्था परिचालन विषयक छलफल कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ २६, शुक्रबार (१ साल अघि)
  • ४३५

    Shares

खाद्य अधिकार कार्यान्वयनमा स्थानीय तह(सरकार)को भुमिका र टोल विकास संस्था परिचालन विषयक छलफल कार्यक्रम सम्पन्न

२६ जेठ २०८०, धादिङ।         धादिङको जिन्टेटारमा खाद्य अधिकार कार्यान्वयनमा स्थानीय तह (सरकार) को भुमिका र टोल विकास संस्था परिचालन विषयक छलफल कार्यक्रम भएको छ। बाँच्न पाँउने अधिकारको आधार : खाद्य अधिकार भन्ने नाराको साथ् फियान नेपालको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। फियान नेपालका अध्यक्ष गोकर्ण रुपाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा
जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रमुख आथित्यता रहेको थियो। यस्तै थाक्रे गाउपालिका अध्यक्ष रामकुमार आर्चाय ,गल्छी गाउपालिका अध्यक्ष केदार नाथ खतिवडा, थाक्रे गाउपालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापा ,गल्छी गाउपालिकाका उपाध्यक्ष भाइकाजी तिवारी ,सिद्दलेक गाउपालिकाका उपाध्यक्ष सबिता अर्याल ,बेनिघाट रोराङ्ग गाउपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ , यस्तै जिल्ला समन्वय अधिकारि चेत नाथ अर्याल ,गल्छी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल , पालिकाहरुका योजना अधिकृत, लेखा अधिकृतहरु , संजालका प्रमुख तथा प्रतिनिधि लगाएतको सहभागिता रहेको कार्यक्रममा फियान नेपालका अध्यक्ष गोकर्ण रुपाखेतीले कार्यक्रमको बारेमा जानकारी गराउदै स्वागत गर्नु भएको थियो।

फियान नेपालका राजेन्द्र बस्नेतले संचालन गर्नु भएको कार्यक्रममा फियान नेपालका तिलक अधिकारिले खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको अवधारणागत जानकारी र यसको कानुनि प्रावधानको विषयमा जानकारी गाराउनु भएको थियो। यस्तै फियान नेपालका पुर्वा अध्यक्ष एवं सहजकर्ता अम्मर बहादुर ऎरले स्थानिय सुशासन खाद्य प्रणाली सवलिकरणका लागि टोल विकास सस्था परिचालन कार्यकरमको विषयमा जानकारी गराउनु भएको थियो। शुक्रबार भएको उक्त कार्यक्रममा पालिकाका प्रमुख तथा उपप्रमुखहरुले आआफ्ना पालिकामा भएका वा भोगेका र अब भोलिका दिनहरुमा गरिने कार्यहरुको बिषयमा धाराणाहरु राख्नु भएको थियो।

 

 

 

 

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस