१८८
Sharesधादिङ । खाद्य अधिकार प्रभावित समुहले सिमेन्ट उद्योग बाट निस्कने धुवाँ धुलो पूर्ण रुपमा गरिदिन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
बुधबार धुनिवेशी नगरपािलका–९ का खाद्य अधिकार प्रभावित समुहले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई ज्ञापन पत्र बुझाएको हो । राजधानी काठमाण्डौंलाई जोड्ने पहिलो राजमार्ग त्रिभुवन राजपथको छेउमा रहेको जुगेडीमा २३० धरधुरी राईको बसोबास रहेको छ । त्यहाँ अधिकांश नागरिहरुले कृषि पेशा गरेको हुनाले जुगेडी आसपासमा रहेको युनाईटेड सिमेन्ट उद्योग बाट निस्केको धुवाँ धुलोको कारण उत्पदानमा कमी आउनुका साथै उत्पदान भएका तरिकारी बजार विक्रि हुन योग्य नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ । धुवाँ धुलोले खेतबारीमा नोक्सानी त पु¥याएको छ नै कटहर, आँप लिचिको बोटमा फुल फुल्न छाडेको छ । टनेल भित्रको तरकारीमा समेत धुवाँधुलोले असर गर्दा उत्पादित तरकारी सबै बजारमा विक्रि गर्न योग्य नभएको कारण आयआर्जनमा ह्रास पुगेको हुँदा जिविकोपार्जन कठिनाई बन्दै गएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै मानिसहरुको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न गई वस्तुभाउलाई समेत घास पखालेर खुवाउनुपर्ने अवस्था रहेको छ । सिमेन्ट उद्योगले राईहरुलाई मात्रै नभई यस क्षेत्र आसपासका सबै किसानहरुलाई असर पु¥याएकोले सिमेन्ट उद्योगको असर र यसै गाउँको वस्तीमा संचालित पोली फर्म उत्पदान गर्दा प्रयोग भएको केमिकलबाट स्थानीयहरु विरामी पर्न थालेको विज्ञप्तीमा भनिएको छ । मुख्य राजमार्ग देखि उद्योग सम्म आउने सडक चौडा, पक्की ढलान कालोपत्र गर्नुपर्ने, कृषि विमा( बाली तथा पशु) गरिदिनुपर्ने र अहिलेसम्मको नोक्सानीको एकमुष्ट क्षतिपूर्ति दिनुपर्ने, स्थानीय समुदायका सबै सदस्यको पूर्ण स्वास्थ्य विमा गरिदिनुपर्ने र जुगेडीमा स्वास्थ्य सेवा संचालन गर्नुपर्ने, स्थानीय महिलाहरुलाई हस्तकला सिप सम्बन्धी तालिम संचालन गरि व्यवसायिक बनाउनुपर्ने माग गरिएको छ ।
त्यस्तै उद्योग खोल्दा स्थानीयहलाई दिएको आश्वासन एक घर एक रोजगार कार्यन्वयन गर्नुपर्ने, वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनको विषयमा नगरपालिका उद्योग व्यवस्थापन पक्ष र समुदायको प्रतिनिधी छलफल हुनुपर्ने र चैमासिक रुपमा त्रिपक्ष समिक्षा बैठक गरिनुपर्ने , पोली फर्म उत्पादन गर्दा प्रयोग भएको केमिकलबाट स्थानीयहरु विरामी पर्न थालेकाले स्थानीयहरुलाई असर नपर्ने गरि उद्योग संचालन गर्नुपर्ने वातावरण मिलाउनुपर्ने विज्ञप्ती मार्फत् माग गरिएको छ ।