FLASH NEWS

राष्ट्रिय प्रजातन्त्र पार्टी धुनिवेशीद्धारा सरकार विरुद्ध बिरोध प्रर्दशन

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ २१, आईतबार (१ साल अघि)
  • २८६

    Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी धुनिवेशीद्धारा सरकार विरुद्ध बिरोध प्रर्दशन

२१ ,जेठ २०८०,धुनिबेशी।       राष्ट्रिय प्रजातन्त्र पार्टी धुनिबेशीले नेपाल सरकार विरुद्ध नाराबाजी गर्दै बिरोध प्रर्दशन गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी धुनिबेशी नगर समितिले खानिखोलामा नागरिकता विधेयक खारेजी गर्न, रेशम चौधरीको आममाफिको विरुद्ध, भारतले जारी गरेको अखण्ड भारतमा नेपाली भुभाग समेटिएको नक्सा जारी गरेको विरुद्ध, देश संकटमा पर्दा नेपाली सेनाको मौनताको विरुद्ध, मुल्यवृद्धि नियन्त्रण गर्न, असलग्न परराष्ट्र नितिमा नेपाल रहन, संबैधानिक राजसस्था, सनातन हिन्दु राष्ट्र कायम गर्न, प्रदेश सरकार खारेज गर्न लगाएतका विषयमा सिटि फुकदै विभिन्न नारा लेखेका प्ले कार्ड र नाराबाजी गर्दै बिरोध प्रर्दशन गरेका हुन् ।

सरकारले समयमानै सम्भव भएका मागहरु तुरुन्तै सम्बोधन गर्नु पर्ने माग गर्दै विरोध प्रर्दशन गरेको प्रजातन्त्र पार्टी बताएको छ । पार्टीले सरकारलाई समयमानै सचेत हुन आग्रह समेत गरेको छ।

यस किसिमको माग सम्बोधन नभए सम्म आन्दोलनलाई निरन्तरता दिने राप्रपा पुर्व केन्द्रीय सदस्य अजय कुमार रिमालले टोल टोलको खबर डटकमलाई जानकारी दिनुभयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस