FLASH NEWS

धुनिबेशीमा संचालित फोस्टर-२ परियोजनाको कार्यक्रम सम्बन्धि सार्वजनिक सुनुवाई

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ २०, शनिबार (१ साल अघि)
  • ३०८

    Shares

धुनिबेशीमा संचालित फोस्टर-२ परियोजनाको कार्यक्रम सम्बन्धि सार्वजनिक सुनुवाई

२०, जेठ २०८०, धुनिबेशी।    आड्रा नेपाल र रिम्स नेपालको साझेदारीमा धादिङको धुनिबेशी नगरपालिकामा संचालित फोस्टर-२ परियोजनाबाट संचालन गरिएका कार्यक्रमहरूको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

रिम्स नेपालका अध्यक्ष रमेश उप्रेतीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा रिम्स नेपालका कोषाध्यक्ष प्रमिला पण्डितले स्वागत मन्तब्य राख्नु भएको थिय। यस्तै रिम्स नेपाल फ़ोस्टर परियोजनाका कार्यक्रम संयोजक सरोज पन्तले फ़ोस्टर परियोजनाले दोस्रो चरणमा धुनिबेशी नगरपालिका भित्र गरेका कार्यहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

उक्त कार्यक्रममा धुनिबेशी नगरपालिका भित्रका वडा नम्बर ४ ,६,७ र ८ का परियोजना संचालन भएको कृषि तथा पशुपालन समुहमा आबद्ध समुहका प्रतिनिधि कृषकहरूले राखेको जिज्ञासामा क्रमश वडा नम्बर ६ का वडा अध्यक्ष रमेश आचार्य र वडा नम्बर ७ का वडा अध्यक्ष यदुनाथ पाठकले सम्बोधन गर्नु भएको थियो। यसै गरि नगरपालिकाको कृषि तथा पशु सेवा शाखाका बिषयमा उठेको जिज्ञासामा कृषि विकाश शाखा अधिकृत सम्बोधन गर्नु भएको थियो।

कार्यक्रममा मच्छिन्द्र बहुमुखी क्याम्पसका प्रमुख प्रमोद पाठकले धुनिबेशी नगरपालिका काठमाडौंबाट नजिक रहेर पनि भौगोलिक बिकट रहेको ठाउँमा परियोजनाले गरेको कार्य प्रबिधि युक्त, वातावरण मैत्री भएको हुँदा अबका दिनमा परियोजनाले शिक्षा क्षेत्र तर्फ पनि कार्यक्रम संचालन गर्न आग्रह गर्नु भयो।

यस्तै गरि कार्यक्रममा धुनिबेशी नगरपालिकाका पुर्व उप प्रमुख निरु खरेलले परियोजना गरेका कार्यहरूका कृषकका लागि उपयुक्त भएको हुँदा भोलिका दिनहरुमा पनि परियोजना निरन्तर रूपमा यस नगरपालिकामा संचालन गर्न आग्रह गर्नु भयो।

रिम्स नेपालका कार्यकारी निर्देशक रबिन्द्र श्रेष्ठले परियोजनाले गरेको कामहरुको बारेमा स्पस्ट रुपमा सुझाब सल्लाह दिन सरोकारवाला तथा कृषकहरुलाई आग्रह गर्दै अब परियोजना लागु हुने वा नहुने भन्ने बारे छलफल भइरहेको बताउनु भयो।

कार्यक्रमका विशेष अतिथि एंवम धुनिबेशी नगरपालिकाका उप प्रमुख सुरज उप्रेतीले परियोजना र नगरको साझेदारीमा निर्माण भएको गुर्दुम सामुदायिक भवन तथा संकलन केन्द्रको प्रसंशा गर्दै यस कार्यमा स्थानीयहरूले गर्नु भएको श्रमदान सहित सहभागीतालाई धन्यवाद व्यक्त गर्नु भयो। साथै उप्रेतीले नगरबाट आफुहरुले गर्न सक्ने कामहरु गर्ने प्रतिबद्ध समेत जनाउनु भयो।

शुक्रबार भएको उक्त कार्यक्रममा आड्रा नेपालका परियोजना अधिकृत पल्ली चौधरीले कार्यक्रम संचालनमा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिदै अबका दिनहरुमा पनि परियोजनाले सरोकारवाला निकाय सँग सहकार्य गरि लाभ लिन कृषि तथा पशुपालन समुहका कृषकहरुलाई आग्रह गर्नु भयो।

धुनिबेशी ७ गुर्दुममा भएको परियोजनाको सार्वजनिक सुनुवाईका प्रमुख अथिति एंवम धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले कार्यक्रममा उठेका प्रश्नहरुको सम्बोधन गर्दै परियोजनाले सहकार्यमा गरेको काम निकै राम्रो रहेको भन्दै धन्यवाद दिनु भयो। यस परियोजनाले गरेका कार्यहरू प्रविधि युक्त रहेको र गुर्दुममा हालै निर्माण गरिएको डिपिङ्ग ट्यांकको अवलोकन गर्नु भयो। कार्यक्रममा गुर्दुम सामुदायिक भवन तथा संकलन केन्द्रको उद्घाटन गर्दै परियोजना हाल दोश्रो चरणमा रहेको र यस चरणको अन्तिम समयमा रहेकोले परियोजना निरन्तरताका लागि पहल गर्ने बताउनु भयो। परियोजना निरन्तर नभएको अवस्थामा पनि परियोजनाले गरेका कार्यहरूलाई नगरपालिकाबाट निरन्तरता दिई संचालन गरिने प्रतिबद्दता व्यक्त गर्नु भयो ।

कार्यक्रमा रिम्स नेपालका अध्यक्ष रमेश उप्रेतीले रिम्स नेपाल सबैको साझा संस्था भएकोले सबैसित साझेदारी गर्दै जाने बताउदै यस संस्थालाई कुनै पनि पार्टीगत रुपमा नहेर्न समेत आग्रह गर्नु भयो।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा परियोजनाले संचालन गएका विभिन्न समूहका कृषक, सरोकारवाला तथा फोस्टर परियोजनाका कर्मचारीहरुको सहभागिता रहेको थियो।

 

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस