७१३
Shares१९ जेठ २०८० धुनिबेशी, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङले वर्तमान सरकार विरुद्ध विरोध गरेको छ। धादिङ स्थित खानिखोलामा बिहिबार बेलुका गरेको बिरोध कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहन संगै मसाल जुलुस पर्दर्शन गरिएको थियो ।
कार्यक्रममा जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीको रिहा गरेर सरकारले अपराधी शुरक्षामा उत्प्रेरत गरिएको आरोप लगाएको थियो । त्यस्तै अखण्ड भारतको नक्सामा कहिल्यै कसैको अौपनिवेश नभएको नेपाली भुमि कपिलवस्तु र लुम्बिनी समेटेकोमा विरोध गरेका छन्। वर्तमान सरकारले कुटनैतिक पहल मार्फत नक्सामा असहमति जनाउनुको साटो नेपाललाई भारतमा विलय गराउने उदेश्यका साथ नागरिकता विधेयक पास गरि मोदिलाई कोसेली लगेको आरोप लगाउदै पर्दशन गरेका हुन् ।
कार्यक्रमको विषयमा प्रष्ट पारेका युवा संघ नेपालका केन्द्रीय सदस्य मोदनाथ सिलवालले अहिलेको सरकारले राम्रो संग वडा समेत चलाउन नसक्ने आरोप लगाउदै भने राष्ट्रपती रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डको राजिनामा माग गरेका थिए। कार्यक्रम समापन गरेका संघका जिल्ला अध्यक्ष सुनिल तामाङले जनजिबिकाका समस्या, राष्ट्रघात र भ्रष्टाचार विरुद्ध निरन्तर आन्दोलन गर्ने बताउनु भयो । कार्यक्रमको सन्चालन जिल्ला सचिव हरिशरण जमरकट्टेलले गरेका थिए भने अनेरास्ववियुका नेता आयुस उप्रेतीलेपनि आफ्नो भनाइ राख्नु भएको थियो । विरोध जुलुसमा केन्द्रीय सदस्य कमल सिलवाल सहित उल्लेख्य युवाहरुको उपस्थित रहेको थियो थियो ।