FLASH NEWS

२३ औँ विश्व दूध दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ १८, बिहिबार (१ साल अघि)
  • २०७

    Shares

२३ औँ विश्व दूध दिवस आज  विभिन्न कार्यक्रम गरी मनाइँदै

आज बिहिबार २३ औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको नारा ‘दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार’ भन्ने रहेको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा विभिन्न निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछन् ।
दिवसका अवसरमा विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवम् जीविकोपार्जनमा पुर्याएको योगदानको चर्चा गरिन्छ ।
दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनले सन् २००१ जुन १ तारिखदेखि विश्व दूध दिवस मनाउन थालेको हो । नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको हो ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले वार्षिक रुपमा ४ दशमलव ७९ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको बताउनुभएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवका अनुसार दूध उत्पादन वृद्धिसँगै उपभोक्ता तथा खपतको क्षेत्र पनि बढेको छ । जसका कारण औपचारिक क्षेत्रमा भने दूध अपुग भइरहेको छ ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस