८६५
Shares१६, जेठ २०८०, धादिङको धुनिवेशी नगरपालिकाले आगामी आ.व २०८०/८१ का लागि कार्यान्वयन हुने गरी बजेट विनियोजन गर्ने प्रयोजनका लागि नगरवासीहरुका लागि सुझाव पेश गर्ने सम्बन्धी सूचना सार्वजनिक गरेको छ । सूचना निम्न प्रकारको रहेको छ।
आगामी आ.व.०८०|८१ मा कार्यान्वयन हुने गरी योजना तथा कार्यक्रम छनौट गरी बजेट विनियोजन गर्ने प्रयोजनका लागि मिति २०८०।०३।१० सम्ममा नगरसभाको १३ औं अधिवेशन हुने गरी तयारी गरिँदैछ । नगरसभामा पेश हुने नीति, कार्यक्रममा समावेश गर्नुपर्ने विषय र बजेट व्यवस्थापनका सम्बन्धमा लिखित रुपमा राय, सल्लाह, सुझाव र मार्गदर्शन उपलब्ध गराई समग्र रुपमा “समृद्ध धुनिवेशी, सुखी नगरवासी” को आकांक्षा पुरा हुने गरी धेरै समुदायलाई फाइदा पुग्ने, थोरै लगानीमा धेरै काम हुने, जनसहभागिता धेरै हुने, पुर्वाधार विकास एवं निर्माण, सडक, सिंचाई, खानेपानी, स्वास्थ्य, कृषि, पशुपन्छी, वन, आय आर्जन वृद्धि, रोजगारी, गरिवी निवारण, खेलकुद, सरकारी सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार एवं वृद्धि, गैर सरकारी संस्थाहरुसँग सहकार्य एवं साझेदारी कार्यक्रम, सहकारी विकास, पर्यटन विकास, शहरी विकास, फोहोरमैला व्यवस्थापन, बजार व्यवस्थापन, बजारीकरण, खानेपानी र उद्योग व्यवसायहरुको विकास विस्तार एवं प्रर्वधनका लागि नगरपालिकाले अवलम्वन गर्नुपर्ने नीति र तयार गर्नुपर्ने कार्यक्रम र बजेटका सम्बन्धमा मिति २०८० साल जेठ मसान्त सम्ममा सम्बन्धित वडा कार्यालयमा वा नगरपालिकामा आईपुग्ने गरी कार्यक्रम प्रस्ताव गरी दिनुहुन वा उपयुक्त राय, सल्लाह सुझाव, उपलब्ध गराई सहयोग गरीदिनुहुन नगरवासी एवं सरोकारवाला सबैमा धुनिवेशी नगरपालिका हार्दिक अनुरोध गर्दछ ।
सुझाव पेश गर्ने स्थानः-
– नगरपालिकाको कार्यालय, खानीखोला
-वडा कार्यालयहरु सबै,
-Email: [email protected]
श्री वडा कार्यालयहरु सबैः वडा कार्यालयमा पेश हुन आएका प्रस्ताव एवं राय सल्लाह एवं सुझावहरु संकलन गरी मिति २०८०।०३।०३ सम्ममा नगरपालिकामा पेश गर्नुहुन ।
“व्यवसायिक र सिर्जनशिल प्रशासनः विकास, समृद्धि र सुशासन”
फोन : ०१०-४०११९७, इमेल:- [email protected], [email protected], www.dhunibeshimun.gov.np